आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

आयातमा भएको बृद्धिले सोेधनान्तर स्थितीमा चाप, ११ खर्ब ४६ अर्बको ब्यापार घाटा

मंगलबार, असार १ २०७८

काठमाडौं । बैशाख महिनामा बढेको आयातका कारण मुलुकको सोधानान्तर स्थितीमा असर परेको छ । पछिल्लो समय बढ्दै गएको आयात र  सोहि अनुपातमा निर्यात बृद्धि गर्न नसक्दा बाहिर जाने बिदेशी मुद्रा  र भित्रिने रकमको अन्तर राख्ने यस्तो खाता आयतामा २२ प्रतिशतको बृद्धिसँगै  खुम्चीन पुगेको हो ।

गत बैशाखसम्ममा कुल वस्तु आयात २२.३ प्रतिशतले वृद्धि भई १२ खर्ब ५४ अर्ब ११ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३.० प्रतिशतले घटेको थियो । यता निर्यात ३२.२ प्रतिशतले वृद्धि भई  १ खर्ब ८ अर्ब ४८ करोड पुगेको छ ।

निर्यातको तुलनामा आयात बापत  बाहिरिने रकम ११ खर्ब ४६ अर्ब बढि भएकाले यसको प्रत्यक्ष असर सोधनान्तर स्थितीमा परेको हो ।

आयातमा  आएको बृद्धिले बिदेशी मुद्रा बाहिरिने क्रम बढेको छ । जसका कारण सोधनान्तर स्थिती जम्मा ७ अर्ब ७५ करोड बचतमा रहेको छ ।  जबकी गत पुषमा देशको सोधानान्तर स्थिती १ खर्ब २४ अर्ब रहेको थियो । रेमिट्यान्समा भएको बृद्धि तर आयातमा आएको कमिका कारण त्यो बेला सोधानान्तर स्थिती उच्च रहेको थियो ।

त्यस्तै शिक्षा तथा भ्रमण बापत भित्रिने रकम भन्दा बाहिरिने रकम बढि भएसँगै खुद सेवा आय ५४ अर्ब ७१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको बैशाखमा खुद सेवा आय ७८ करोड ८२ लाखले बचतमा रहेको थियो ।

यो वर्षको १० महिनामा शिक्षातर्पmको व्यय मात्रै २२ अर्ब ५१ करोड रहेको छ । वैदेशिक लगानी  पनि १९.२ प्रतिशतले कमी आई १४ अर्ब ८ करोड कायम भएको छ।

यद्यपी  रेमिट्यान्स भने १९.२ प्रतिशतले वृद्धि भई ८ खर्ब ९ अर्ब ८९ करोड पुगेको छ ।  रेमिट्यान्सका कारण मात्रै अहिलेसम्म मुलुक सोधनान्तर घाटामा जान बचेको हो ।

बिदेशमा कामको खोजिमा  गएका युवाहरुले अहिले फजुल खर्च कम  गरेका छन् । यसपछि उनिहरुले अहिले कमाएको सबैजसो रकम नेपालमा  पठाएका छन् । जसका कारण रेमिट्यान्स ह्वात्तै बढेको देखिएको हो ।

रेमिट्यान्स बाहेक अन्य क्षेत्रबाट आउने रकममा कमि आएको छ । निर्यात बढेको देखिएको छ । अहिलेसम्मकै उच्च अर्थात निर्यात १ खर्ब नाघ्दा पनि आयातमा भएको उच्च बृद्धिका कारण सोधनान्तर स्थिती संकुचन हुँदै गएको देखिन्छ ।