आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

सर्वोच्चद्वारा अन्तरिम आदेश खारेज, जनमोर्चा सांसद कृष्ण थापा पदमुक्त

सोमबार, जेष्ठ ३१ २०७८

काठमाडौँ– सर्वोच्च अदालतले गण्डकी प्रदेशका जनमोर्चा सांसद कृष्ण थापाको सांसद पद खारेज गरेको छ ।

सर्वोच्च अदालतले सांसद थापालाई पुनर्बहाली गर्न दिएको अन्तरिम आदेश खारेज गरेसँगै उनको सांसद पद खारेज भएको हो ।

न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको इजलासले यसअघि जारी गरेको अन्तरिम खारेज गरेको हो ।

थापालाई पुनर्वहाली गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै प्रदेशसभा सभामुख नेत्रराज अधिकारी, प्रदेशसभा सचिवालय र राष्ट्रिय जनमोर्चाको तर्फबाट अलग-अलग पुनरावलोकन (भ्याकेट) को निवेद दर्ता गरिएको थियो ।