बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

काठमाडौं उपत्यकाका प्रजिअको बैठक बस्दै : के थपिएला त निषेधाज्ञा?

आइतबार, जेष्ठ ३० २०७८

काठमाडौं – काठमाडौं उपत्यकामा निषेधाज्ञाबारे निर्णय गर्न तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) का प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दैछ। पछिल्लो पटक थपिएको निषेधाज्ञाको समय सोमबार सकिनै लाग्दा थप निर्णय गर्न आज बैठक बस्न लागेको हो।

बैठक दिउँसो २ बजे जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बस्ने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए। उनले थप एक साता निषेधाज्ञा लम्बिनसक्ने बताए। तर, यसबारे थप निर्णय आजको बैठकमा हुने बताए।

अब थपिने निषेधाज्ञाको मोडालिटीमा भने परिवर्तन हुने उनले बताए। विद्यालयका पुस्तक ढुवानी र बिक्रीका लागि पुस्तक पसल खुलाउने तयारी छ। नयाँ शैक्षिक सत्र नजिकिएकाले पुस्तक पसल खुलाउने तयारी गरिएको हो। यस्तै, अहिले बिहान ९ बजेसम्म मात्र किराना पसल तथा तरकारी पसल खुल्दै आएकोमा अब केही सयम थप गरेर खोल्ने निर्णय हुनसक्छ। यस्तै, कृषि र विकास निर्माणका क्षेत्रमा पनि केही खुकुलो बनाइने सम्भावना छ।

संक्रमण केही घटेपनि जोखिम कायमै रहेको भन्दै उनले केही खुकुलो बनाएर निषेधाज्ञा थपिनसक्ने बताए।