आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

लडेर मृत्यु  

बिहिबार, जेष्ठ २७ २०७८

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी तिवारी टोल बस्ने ३० वर्षीय मिजेन्द्र श्रेष्ठको शौचालयमा लडेर बुधबार राति मृत्यु भएको छ । लडेर गम्भीर घाइते भएका उनको नारायणटारस्थित शखंरापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 
कैलालीको चुरे गाउँपालिका–६ तितरे बस्ने १६ वर्षीया झुपा कुमारी साँउदको भीरबाट लडेर बुधबार बिहान मृत्यु भएको छ । सोही ठाउँस्थित पोटेमाला भिरमा घाँस काट्न गएको अवस्थामा लडेर गम्भीर घाइते भएकी उनको उपचारको लागि धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।