आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

पुँजीबजारको आकर्षण सरकारप्रतिको विश्वास : उपप्रधान तथा अर्थमन्त्री पौडेल

मंगलबार, जेष्ठ २५ २०७८

काठमाडौं ।  उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजी बजारमा आकर्षण र लगानी बढ्नुलाई सरकारप्रति लगानीकर्ताको विश्वासका रुपमा लिएको बताएकाछन । 
नेपाल धितोपत्र बोर्डको २९ औं वार्षिकोत्सव कार्यक्रममा उहाँले लगानीकर्ताको लगानी सुरक्षित हुने गरी पूँजी बजारको विस्तार हुने वातावरण तयार पार्न बोर्डलाई निर्देशन दिए । 
उपप्रधान तथा अर्थमन्त्री पौडेलले बजेटमा उल्लेख गरिएको वस्तु विनिमय बजार सुरु गरेन तथा कमीकमजोरी हटाइ बोर्डलाई गतिशिल बनाउन पनि निर्देशन दिएका थिए ।