आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

एमालेलाई २०७५ जेठ ३ अघिको अवस्थामा फर्काउन प्रधानमन्त्रीको ६ बुँदे एकता प्रस्ताव(आह्वानसहित)

सोमबार, जेष्ठ २४ २०७८

काठमाडौं – प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमिटी र जनसंगठनहरु २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउने घोषणा गरेका छन् ।पार्टी एकतालाई रक्षा एवम् सुदृढ गर्न ६ बुँदे प्रस्ताव सहितको आह्वान गर्दै  उनले असन्तुष्ट माधव कुमार नेपाल पक्षलाई फकाउने प्रयास गरेका छन् ।

ओलीले पार्टी विभाजनको संघारमा पुगेका बेला एकताका लागि विद्रोही पक्षलाई आह्वान गरेका छन्। ओलीले आइतबार बेलुकी सार्वजनिक गरेको ६ बुँदे एकता प्रस्तावमा भनिएको छ, ‘आफ्ना पार्टीका अध्यक्षलाई प्रधानमन्त्रीको पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वाेच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएको नेकपा एमालेका निवर्तमान सांसदहरूको हस्ताक्षर फिर्ता हुनेछ। उनले थप भनेका छन्, ‘यसबीचमा विभिन्न कमरेडहरूबाट भएका गल्ती तथा कमीकमजोरीलाई लिएर कुनै कारबाही गरिने छैन, पूर्वाग्रह राखिने छैन र कुनै भेदभाव गरिने छैन।’

उनले भनेका छन्, ‘नेकपा एमालेलाई २०७५ जेठ ३ गतेपूर्वको अवस्थाबाट अगाडि बढाइनेछ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रिय कमिटीका सदस्यहरुमध्ये एकताको पक्षमा उभिनुभएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचनाहरु गतिशील हुनेछन्।’

पार्टी कमिटी र जनसंगठनहरु पनि २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्केर क्रियाशिल हुने ओलीको भनाइ छ। यद्यपि कांग्रेस सभापति देउवाको समर्थनमा एमालेको विद्रोही पक्षले गरेको हस्ताक्षर फिर्ता हुने सम्भावना देखिएको छैन।

आह्वानपत्र:

UML-1.png

Uml-2.png