बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

यस्तो छ ओलीको १७ सदस्यीय क्याबिनेट(सूचीसहित)

शनिबार, जेष्ठ २२ २०७८

काठमाडौँ –  प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बेलुका मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। पुनर्गठित मन्त्रिपरिषद्मा ३ जना उपप्रधानमन्त्री सहित १२ मन्त्री र २ जना राज्यमन्त्री रहेका छन् । 

जनता समाजवादी पार्टी नेपालका एकजना अध्यक्ष महन्थ ठाकुर समूह सरकारमा सहभागी भएपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । प्रधानमन्त्री ओलीले अझै पनि महत्वपूर्ण मन्त्रालयहरु भने आफैसँग राखेका छन् । 

यस्तो छ मन्त्रिपरिषद्को कार्यविभाजन :

  1. प्रधानमन्त्री केपी शर्मा ओली : रक्षा, गृह, सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन।
  2. विष्णु पौडेल : उपप्रधानमन्त्री, अर्थ
  3. राजेन्द्र महतो : उपप्रधानमन्त्री, शहरी विकास
  4. रघुवीर महासेठ : उपप्रधानमन्त्री, परराष्ट्र
  5. शेरबहादुर तामाङ : स्वास्थ्यमन्त्री
  6. कृष्णगोपाल श्रेष्ठ : मन्त्री, शिक्षा
  7. बसन्तकुमार नेम्वाङ : मन्त्री, भौतिक पूर्वाधार तथा यातायात
  8. लीलानाथ श्रेष्ठ : मन्त्री, कानून न्याय तथा संसदीय मामिला
  9. शरतसिंह भण्डारी : मन्त्री, ऊर्जा
  10. अनिल झा : मन्त्री, खानेपानी तथा सरसफाई
  11. विमल श्रीवास्तव : श्रम तथा रोजगार
  12. उमाशंकर अरगरिया : मन्त्री, वन तथा वातावरण
  13. लक्ष्मणलाल कर्ण : मन्त्री, भूमि व्यवस्था
  14. चन्दा चौधरी : मन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक
  15. एकवाल मियाँ : मन्त्री, युवा तथा खेलकुद
  16. चन्द्रकान्त चौधरी : राज्यमन्त्री, ऊर्जा
  17. रेणुका गुरुङ : राज्यमन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक