बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

कोरोनाले लियो न्यायाधीशको ज्यान !

शुक्रबार, जेष्ठ २१ २०७८

धादिङ, । धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको छ । उनको ललितपुरको स्टार अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

पुनरावेदन अदालत बुटवलका न्यायाधीश समेत रहेका उनका दाजु मेदिनी पौडेलका अनुसार उनलाई २० दिनअगाडि कोरोना संक्रमणपछि उपचारका लगि स्टार अस्पताल लगिएको थियो ।

उपचारकै क्रममा शुक्रबार बिहान निधन भएको पौडेलले बताए । विगत २ वर्षदेखि जिल्ला अदालत धादिङमा कार्यरत पौडेल ५५ वर्षका थिए ।