आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

सिजी फुड नेपाल प्रालिको बियर स्टोरमा आगलागी

बुधबार, जेष्ठ १९ २०७८

नवलपरासी (पूर्व) । देवचुली नगरपालिका–२ स्थित सिजी फुड नेपाल प्रालिभित्र रहेको बियर स्टोरमा बुधबार बिहान आगलागी भएको छ । 
उक्त स्टोरमा आगलागी भइरहेको भन्ने खबर प्राप्त हुनासाथ नेपाल प्रहरी लगायत अन्य सुरक्षा निकाय समेतको टोली खटि गई दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने कार्य भईरहेको छ ।