काठमाडाैं : युवा नेता उज्जवल थापाको निधनप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले पनि दुःख व्यक्त गरेकी छन्।
राष्ट्रपति भण्डारीले एक ट्विट गर्दै थापाप्रति श्रद्धाञ्जली अर्पण तथा शोकसन्तप्त परिवारमा समवेदना दिएकी छन्।
विवेकशील साझाका संस्थापक नेतामध्येका एक थापाको मेडिसिटी अस्पतालमा निधन भएको हो।