काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बागेश्चरी हेल्थ पोष्ट नजिक बस्ने ३० वर्षीया बिनिता श्रेष्ठको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको छ । आफ्नै भान्छा कोठाको विजुलीको स्वीच बोर्डमा करेन्ट सर्ट भई करेन्ट लागेर गम्भीर घाइते भएकी उनको उपचारको लागि मध्यपुर अस्पतालतर्फ लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१ बिरपुर बस्ने ३१ वर्षीय डिल बहादुर थापाको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको छ । सोही ठाउँ बस्ने सोमलाल भूसालको घरमा रहेको सेलर मिलमा रहेको विजुलीको प्लग मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बुद्धपोलिक्निक गोरुसिङगेमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।