आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

आगामी आर्थिक बर्षको लागि १६ खर्बको ४७ अर्बको बजेट

आइतबार, जेष्ठ १६ २०७८

काठमाडौं । सरकारले आगामी आर्थिक बर्ष २०७८–०७९ को झण्डै १६ खर्ब ४७ अर्ब पाँच करोड रुपैयाँ बरााबरको बजेट घोषणा गरेको छ । अर्थमन्त्री बिष्णुु प्रशाद पौडेलले अध्यादेशमार्फत धेरैजसो पुरानै कार्यक्रमलाई निरन्तरता दिंदै बजेट घोषणा गरेका हुुन । 
बजेटमा मुख्यगरी बृद्धभत्ता बृद्धि, प्रतिनिधि सभा र स्थानीय तहको निर्वाचन, रेल, जलमार्ग बिस्तार निर्माण, स्वास्थ तथा पुर्वधार उपकरण खरिद, कोभिड १९ को खोप खरिद, श्रमिक तथा व्यवसायीक क्षेत्रलाई राहत तथा पुनरोत्थान, अपुरा परियोजनाहरुलाई निरन्तरता, नयाँ तथा पुराना एक दर्जन सुरङ मार्ग सहितका मुख्य प्राथमिकताका क्षेत्र छुट्याईएकाछन । तिनै प्राथमिकता क्षेत्रहरुको लागि श्रोतको सुनिश्चितता गर्दे अर्थमन्त्री बिष्णुु पौडेलले आगामी आर्थिक बर्षको लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट घोषणा गरेका हुुन । 
अर्थमन्त्री पौडेलले आगामी आर्थिक बर्षको लागि घोषणा गर्नुभएको बजेट गत आर्थिक बर्षको बजेट भन्दै झण्डै दुुई खर्ब रुपैयाँले बढी हो । गत आवमा भने सरकारले १४ खर्ब ७४ अर्ब ६४ करोड विनियोजन गरेको थियो । कुल विनियोजन मध्ये चालूतर्फ नौ खर्ब ४८ अर्ब ९४ करोड अर्थात ६४ दसमलव चार प्रतिशत, पुँजीगततर्फ तीन  खर्ब ५२ अर्ब ९१ करोड अर्थात २३ दसमलव नौ प्रतिशत र वित्तीय व्यवस्थातर्फ एक खर्ब ७२ अर्ब ७९ करोड अर्थात ११ दसमलव सात प्रतिशत रहेको थियो । 
उक्त बर्षको बजेटको लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये राजस्वबाट आठ खर्ब ८९ अर्ब ६२ करोड र वैदेशिक अनुदानबाट ६० अर्ब ५२ करोड व्यहोर्दा पाँच खर्ब २४ अर्ब ५० करोड न्यून हुने र सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट दुुई खर्ब ९९ अर्ब ५० करोड जुटाईएको थियो । राजस्व परिचालन र वैदेशिक अनुदान तथा ऋण सहायता परिचालन गर्दा पनि नपुग हुने दुुई खर्ब २५ अब रुपैयाँ भने आन्तरिक ऋणबाट बेहोरेको थियो ।