आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

सुचना बिभागबाट पास लिएका पत्रकारको उपचार निशुल्क 

शनिबार, जेष्ठ १५ २०७८

काठमाडौं । सरकारले आगामी आर्थिक बर्षको बजेटमार्फतत सुुचना बिभागको पास लिएका सञ्चारकर्मीहरुलाई सरकारी अस्पतालहरुमा निशुल्क उपचार गर्ने व्यवस्था गर्ने भएको छ ।
यसैगरी सञ्चार क्षेत्रको बिकासको लागि आम सञ्चार प्रतिष्ठान गठन गर्ने भएको छ । कोभिड १९ बाट प्रभावित पत्रकारलाई लेखनबृद्धि प्रोत्साहन रकम प्रदान गर्ने, सहुलियत कर्जा दिने व्यवस्था कार्यान्वयन गर्ने भएको छ । यसैगरी सरकारको पत्रकार महांसघको भवन निर्माणको लागि पनि बजेट बिनियोजन गर्ने भएको छ । सुचना तथा सञ्चार क्षेत्रको बिकासको लागि सरकारले आगामी आर्थिक बर्षको लागि सात अर्ब ७४ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ ।