आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

२० युनिटसम्म खपत गर्ने  विद्युतको डिमाण्ड शुल्क तथा महसुल छुट 

शनिबार, जेष्ठ १५ २०७८

काठमाडौं । सरकारले निषेधाज्ञा अवधीभर  घरेलु तथा साना उपभोक्ताले मासिक रुपमा २० युनिटसम्म खपत गर्ने  विद्युतको डिमाण्ड शुल्क तथा महसुल छुट दिने घोषणा गरेको छ । 
आगामी आर्थिक वर्ष २०७८–०७९ को बजेट प्रस्तुत गर्दै मासिक ५० युनिटसम्म खपत गर्नेलाइ ५० प्रतिशत र २५० सम्म ३० प्रतिशत छुट दिने घोषणा गरेका हुन । साझेदारी, सह–लगानी लगायत सबै प्रकारका खानेपानी सामुदायिक सिंचाइ उपभोक्ता समितिले तिर्नुपर्ने विद्युतको डिमाण्ड शुल्क र महसुल पुरै छुट दिने निर्णय सरकारले गरेको हो ।