आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

 भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कडा कानुनी कारबाही गर 

शुक्रबार, जेष्ठ १४ २०७८

कोभिड महामारीले देश आक्रान्त बनाइराख्दा बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालका फ्रन्टलाइनर स्वास्थ्यकर्मीहरूमाथि भएको भौतिक आक्रमणप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

अस्पतालजस्तो संवेदनशील कार्यक्षेत्रभित्र जिम्मेवार स्वास्थ्यकर्मीमाथि अभद्र भिड पुगेर आक्रमणसमेत गर्दा स्वास्थ्यकर्मीहरू माथिल्लो तलाबाट हाम फालेर ज्यान जोगाउनुपरेको घटनालाई सामान्य रूपमा लिन सकिँदैन। हामी यस आक्रमणको घोर भर्त्सना गर्न चाहन्छौँ। 

भेरी अस्पताल आक्रमणबाट घाइते भएका डाक्टर दीपक गुप्ता, डाक्टर चन्द्रप्रकाश साहु, डाक्टर समा अन सारी, स्टाफ नर्स आश्विन गुरुङ, सदिक्षा गैरे र वन्दना श्रेष्ठलाई सुस्वास्थ्यको कामना गर्न चाहन्छौँ। 

यस्तो अमानवीय आक्रमणमा संलग्न जो सुकैलाई तुरुन्त पक्राउ गरी कानुनी  कारबाहीको दायरामा ल्याउन आग्रह गर्दछौँ र स्वास्थ्यकर्मीलाई भरपर्दो  सुरक्षाको प्रत्याभूति दिलाउन नेपाल सरकारलाई अनुरोध गर्दछौँ ।