काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका–८ खारे बस्ने ७३ वर्षीय वीर बहादुर तामाङको रुखबाट लडेर बुधबार दिउँसो मृत्यु भएको छ । आफ्नै बारीको रूखमा घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते भएका वीर बहादुरको चरिकोट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
पाँचथर, फिदिम नगरपालिका–१ ठाडो लाईन बस्ने बसन्त राईको २१ महिनाको छोरा अनमोल राईको आफ्नै घरको छतबाट लडेर बुधबार बिहान मृत्यु भएको छ । छतबाट लडेर गम्भीर घाइते भएका बालकको जिल्ला अस्पताल पाँचथरमा सामान्य उपचार पश्चात वीएण्डसी अस्पताल बिर्तामोड लगि थप उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।