काठमाडौँ – कोरोना भाइरसको संक्रमणका कारण नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको निधन भएको छ । बिहीबार बिहान वीरेन्द्र सैनिक अस्पतालमा उनको निधन भएको हो ।
नेपाली सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनिपति केसी एक महिना यता उपचाररत थिए । चार दिनअघि उनलाई भेन्टिलेटरमा राखिएको थियो।
न्यूरोड निवासी केसीका श्रीमती र दुई छोरी छन् । एक वर्षअघि मात्र उनी सहायक रथीमा बढुवा भएका थिए।
कोरोना संक्रम्रका कारण ज्यान गुमाउने उनी बहालवाला उच्च नेपाली सुरक्षाकर्मी हुन्। यसअघि नेपाल पुलिसका दुईजना बहालवाला डीएसपीको पनि कोरोनाले ज्यान लिएको छ।