काठमाडौँ — नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुनले अनुदानमा आएका नीला रंगका सिलिन्डरहरू आफ्नो गृह जिल्ला रोल्पाका सात ओटा तहमा आफ्नो पहलकदमी–मार्फत् अक्सिजन सिलिन्डर पठाए र आफ्ना स्थानीय प्रतिनिधि मार्फत पैसा लिएर बेचेको खुल्नमा आएको छ l
मुलुकले कोरोना भाइरसको दोस्रो लहरको सुरूआती अवस्थाबाटै अक्सिजन अभाव खेपिरहेको छ l यस्तो विकराल अवश्थामा पनि केही सिमित नेताहरु अक्सिजनको वास्तविक आवस्यकता रहेको भन्दा पनि आफ्नो निर्वाचन क्षेत्रमा पठाउदै चुनावी प्रचारको ध्याउन्नमा बढिनै क्रियाशील रुपमा लागेका छन्, तर वर्षमान पुनले चुनावी प्रचार मात्रै गरेनन् अनुदानमा आएको सिलिन्डरमा व्यापार नै गरे l
पूर्वमन्त्री पुन सामाजिक सञ्जालमा छ्यापछ्याप्ती बधाई तथा धन्यवादको पात्र बनेपनि त्यो प्रचार धेरै टिक्न सकेन। उनले रोल्पाका स्थानीय तहमा अक्सिजन सिलिण्डरको व्यापार गरिरहेको खुलासा भएको छ। माओवादी कार्यकर्ताहरूले पूर्वमन्त्री पुनको व्यक्तिगत लगानीमा रोल्पाका स्थानीय तहसम्म अक्सिजन सिलिण्डर पुर्याए जसरी सस्तो प्रचारबाजी गरिरहेका छन्। तर, पूर्वमन्त्री निकटकै केही व्यक्तिहरुले जिल्ला सात स्थानीय तहलाई नीला रंगका अक्सिजन सिलिण्डर बेचिरहेका छन्।
माओवादी कार्यकर्ता तथा निकट पत्रकारहरूले सामाजिक सञ्जाल र स्थानीय मिडियामा अक्सिजन सिलिण्डरसँगै नेता वर्षमान पुन र लुम्बिनी प्रदेस सांसद दिपेन्द्र पुनको फोटो राखेर चुवानी प्रचार थालेपनि टिका–टिप्पणी भएको हो। वर्षमान पुनको पहलमा आएको अक्सिजन सिलिण्डर आफूहरूले भुक्तानी गरेको पुननिकट सुनछहरी गाउँपालिका अध्यक्ष आशबहादुर पुनले स्वीकार गरेका छन्।
माओवादी कार्यकर्ताहरूले भने रोल्पाका जनतालाई निशुल्क सिलिन्डर उपलब्ध गराए जसरी प्रचार गरिरहेका छन्। तर, उनीहरूको चुनावी प्रचारमा भने भ्रम मात्रै रहेको छ। पूर्वमन्त्री वर्षमानले कोरोना महामारीको समयमा सेवा भन्दा पनि व्यापार गरिरहेको एमाले नेत्री इश्वरी जिएमले बताईन् । उनले सामाजिक सञ्जालमार्फत् केन्द्र सरकार, वर्षमान पुन र दिपेन्द्र पुनको पहल रोल्पा ल्याइएका अक्सिजन सिलिन्डर व्यापार भइरहेको बताएकी छन् ।