बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

जंगली हात्तीको आक्रमणबाट आमाको मृत्यु, छोरी घाइते  

मंगलबार, जेष्ठ ११ २०७८

बर्दिया ।  गेरुवा गाउँपालिका–१ सरखोलखचकपुर बस्ने ३७ वर्षीया चन्द्रा बिकको जंगली हात्तीको आक्रमणबाट सोमबार राति मृत्यु भएको छ । 
आफ्नै घरमा बसिरहेको अवस्थामा बर्दिया राष्ट्रिय निकुञ्जबाट आएका दुई वटा जंगली हात्तीले आक्रमण गर्दा चन्द्राको घटनास्थलमै मृत्यु भएको हो । साथै हात्तीको आक्रमणबाट चन्द्राकी ३ वर्षीया छोरी दिपिका बिक गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरीले घाइतेलाई उपचाको लागि राजापुरतर्फ पठाइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।