काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका–१८ एफ गाँउस्थित सडकमा सु.प.प्र.०१–००८ प ४०६४ नम्बरको मोटरसाइकलबाट लडेर मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ५० वर्षीया राम जानकी चौधरीको सोमबार दिउँसो मृत्यु भएको छ । लडेर गम्भीर घाइते भएकी उनको माया मेट्रो प्रालि अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ घ्याकरस्थित सडकमा ग.१ त ४८३९ नम्बरको ट्याक्टर सोमबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरका सहचालक धादिङ बस्ने २३ वर्षीय मैते तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेट्रोसिटी अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका ट्याक्टर चालकको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।