बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

निषेधाज्ञामा थप कडाइ : उल्लंघन गरे एक वर्ष कैद

मंगलबार, जेष्ठ ११ २०७८

काठमाडौं, । जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–२०७८ कडाइका साथ लागू गर्ने भएको छ । आज (मंगलबार) देखि निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्ति र सवारीसाधनलाई कारबाही गरिने जनाइएको छ ।

निषेधाज्ञा उल्लङ्घन गर्दा एक वर्ष कैद, पाँच लाख रुपैंयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने नयाँ कानुनी प्रावधान छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोभिड–१९ नियन्त्रणका लागि जारी निषेधाज्ञा पालना नभएमा नगद जरिवाना तथा कैद सजाय दुवै हुन सक्ने बताए ।