बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने

मंगलबार, जेष्ठ ११ २०७८

काठमाडौं– नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ। 

सोमबार बसेको स्थायी कमिटीको बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको एकजना स्थायी कमिटी सदस्यले जानकारी दिए। 

नेकपा माओवादी केन्द्रको नेतृत्वमा रहेको सुदूरपश्चिम प्रदेश सरकार एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्ने भएको छ। 

सुदूरपश्चिम प्रदेश सभामा एमालेको उपस्थिति बलियो छ। ५३ प्रदेश सभा सदस्य रहेको यस प्रदेशमा एमालेबाट २५ सांसद छन्। 

सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रका १४ सांसद छन्। मुख्यमन्त्री त्रिलोचन भट्टलाई सत्ता टिकाउन थप १३ सांसदको समर्थन आवश्यक पर्दछ। 
आवश्यक बहुमत संख्या २७ पुर्‍याउन एमालेलाई २ जना सांसद मात्रै भए पुग्छ। 

एमालेले सरकार बनाउने अवस्था रह्यो भने माओवादी प्रमुख प्रतिपक्ष दल बन्छ। सुदूपश्चिममा कांग्रेसका १२ र जसपाका २ सांसद छन्।