मकवानपुर । भिमफेदी गाउँपालिका–७ गैरीटोल कोगटेमा ना.१ ज १९१४ नम्बरको सुमो अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा सुमोमा सवार ८६ वर्षीया कान्छीमाया सिन्जालीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटना घाइते भएका अन्य ४ जनालाई उपचारको लागि चुरेहिल अस्पतालतर्फ पठाईएको छ । सामान्य घाइते भएका सुमो चालकलाई उपचार पश्चात प्रहरीले नियन्त्रण लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।