आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

बारीमा गाडेको अवस्थामा शव फेला    

बिहिबार, जेष्ठ ६ २०७८

काभ्रेपलाञ्चोक ।  चौरीदेउराली गाउँपालिका–७ गोठपानी बस्ने २२ वर्षीया सुमिना गुरुङको आफ्नै घरदेखि करिब १ सय मिटर टाढा बारीमा गाडेको अवस्थामा बुधबार दिउँसो शव फेला परेको छ । 
उनको हत्या गरी बारीमा शव गाडेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको प्रहरीले प्रारम्भिक अनुसन्धानका लागि उनकै श्रीमान २८ वर्षीय सोनाम लामा र सोनामका बुबा ६६ वर्षीय चन्द्र बहादुर लामालाई नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।