बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रचण्डलाई अर्को धक्का, जनार्दन शर्मा प्रधानमन्त्रीको भरमा !

मंगलबार, जेष्ठ ४ २०७८

काठमाडौं l नेपाल कम्युनिष्ट पार्टी फुटसंगै राजनितीक रुपमा कमजोर बनेका नेकपा(माओवादी) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पुन: धक्का लाग्ने माओवादीका प्रभावशालि नेता जनार्दन शर्माले संकेत गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी फुटी ओलीबाट छुट्टिएको केही महिना मात्रै भएको छ र एमाले नेता माधवकुमार नेपालले समेत अन्तिममा धोका दिएर गएका बेला नेता शर्माले फेरि कम्युनिस्टसँग मिल्नुपर्ने विचार राख्दै ओली र नेपालसँग नजिकिने संकेत गरेका छन् ।

सोमबार राति सामाजिक सञ्जालमा लेख्दै नेता शर्माले फेरि पार्टी एकता हुनुपर्ने बताए । नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गरेर देशलाई आत्मनिर्भर अर्थतन्त्र र आर्थिक समृद्धि हासिल गर्दै सामाजिक न्याय स्थापनाका लागि राजनैतिक स्थिरता कायम गर्नुपर्नेमा नेता शर्माले जोड दिए ।

शर्माले कानून, विधि र पद्धतिलाई अस्वीकार गर्ने प्रवृत्ति, प्रतिक्रान्तिकारी शक्ति सन्तुलन र भूराजनीतिक प्रभावका कारण विगतमा पार्टी एकता सफल हुन नसकेको बताए ।

शर्माले लेखेका छन्, ‘नेपाली कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गरेर देशलाई आत्मनिर्भर अर्थतन्त्र र आर्थिक समृद्धि हासिल गर्दै सामाजिक न्याय स्थापनाका लागि राजनीतिक स्थिरता कायम गर्ने र राष्ट्रिय स्वाधीनताको सुदृढीकरण गर्ने उद्देश्यमा केन्द्रित थियोे । लाखौं जनताले अनुमोदन गरेको एकता, त्याग र बलिदानबाट प्राप्त उपलब्धि जनअधिकार, कानून, विधि र पद्धतिलाई अस्वीकार गर्ने प्रवृत्तिका कारण, प्रतिक्रान्तिकारी शक्ति सन्तुलन र भूराजनीतिक प्रभावका कारण सफल हुन सकेन ।’

फेरि पनि देश र जनताको हितमा उठाएको एकताको झण्डालाई निरन्तरता दिनुपर्ने शर्माले बताए । उनले भनेका छन्, ‘फेरि पनि देश र जनताको हितमा उठाएको एकताको झण्डालाई  निरन्तर उठाउने कुराको महत्व यस घटनाबाट किमार्थ कम हुन सक्दैन ।’

नेता शर्माले ओलीसँग नजिकिने कुरा गरिराख्दा यसअघि नै माओवादी छाडेर प्रभावशाली नेताहरू ओलीतिर लागिसकेका छन् । गृहमन्त्री रामबहादुर थापा ‘बादल’, मन्त्रीहरू लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभू शाह लगायत नेताहरू प्रचण्डलाई छाडेर ओलीतिर लागिसकेका छन् ।