बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

असार पहिलो साताबाट नयाँ शैक्षिक सत्र

सोमबार, जेष्ठ ३ २०७८

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले असार पहिलो साताबाट नयाँ शैक्षिक सत्रको  पठनपाठन सुरु गर्न मातहतका विद्यालयलाई निर्देश गरेको छ । 

कोरोना (को  भिड–१९) भाइरसका कारण नयाँ शैक्षिक सत्रको विषयमा अन्योल देखिएका बेला महानगरपालिकाले नयाँ शैक्षिक सत्र प्रारम्भ गर्न विद्यालयलाई निर्देश गरेको हो । 

महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले आइतबार विज्ञप्ति जारी गरी जेठ २० सम्म सबै कक्षाको परीक्षा सम्पन्न गरी नतिजा प्रकाशन गरि सक्न समेत निर्देश  गरिएको जानकारी दिए ।