बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

आगलागी नियन्त्रण 

सोमबार, जेष्ठ ३ २०७८

रौतहट । रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका ३ स्थित एक घरमा जेठ १ गते भएको आगलागी एपीएफ टोली, स्थानी प्रहरी र स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा ल्याएका छन् ।
सोही ठाउँमा रहेको गगनदेव रामको घरमा विद्युत सर्ट भई आगलागी हुँदा उक्त घर नजिकै रहेका अन्य पाँच वटा घरहरु समेत जलेर नष्ट भएको बताईएको छ ।
सो आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश भलोहियाबाट खटिएको एपीएफ टोली उक्त आगलागी नियन्त्रणमा सकृयताकासाथ जुटेको थियो । सो आगलागीबाट करीव १७ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको बताईएको छ ।