आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

मोटरसाइकलको चेनमा सल बेरिँदा भएको दुर्घटनामा एक जनाको मृत्यु 

आइतबार, जेष्ठ २ २०७८

सिरहा ।  गोलवजार नगरपालिका–५ थारु टोल वस्ने २७ वर्षीया निरु देवी साहको मोटरसाइकल दुर्घटनामा परी शनिबार बिहान मृत्यु भएको छ । 
उनका श्रीमान राजेश्वार साहले चलाएको स.१० प ४५२२ नम्बरको मोटरसाइकल औरही गाउँपालिका–१ हर्कट्टी चोकमा पुग्दा चेनमा सल बेरिएर दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।