काठमाडौं । पूर्व बैंकर निरज श्रेष्ठको कोरोना संक्रमणका कारण निधन भएको छ । बैंकिङ क्षेत्रमा लामो अनुभव भएका बैंकर श्रेष्ठको कोरोना संक्रमणका कारण बुधबार बिहान ११ बजे निधन भएको हो । हिजो राती ११ बजे उनका बुबाको पनि कोरोनाका कारण निधन भएको थियो ।
स्वर्गीय श्रेष्ठको श्रीमती र छोरी छन् । दुबै जना विशेष काम परेर दिल्ली पुगेका छन् । दिल्लीमा उनीहरु दुबै जनालाई कोरोना संक्रमण देखिएको थियो । उनीह्रु अहिले संक्रमण मुक्त भएको आज बुुधबार नेपाल आउन लागेको पारिवारिक श्रोतले जानकारी दिर्एको छ । श्रेष्ठ माछापुच्छे« बैंक, सनराईज बैंक, ग्लोवल आईमई बैंक लगायतमा उच्च व्यवस्थापन तहमा बसेर काम गरेका थिए ।