आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

नेपाल उद्योग बाँणिज्य महासंघद्धारा कोभिड १९ सहायता केन्द्र सञ्चालन

बुधबार, बैशाख २९ २०७८

काठमाडौं ।  नेपाल उद्योग बाँणिज्य महासंघले मुलुकमा बढदो कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रण गरी आम सर्वसाधारणको जीवन रक्षामा सहयोग पु-याउने उद्देश्यले कोभिड १९ सहायता केन्द्र स्थापना गरेको छ । महासंघका पदाधिकारी र सम्वद्ध अधिकारीहरूको हालै बसेको बैठकले उक्त सहायता केन्द्र स्थापना गर्ने निर्णय गरेको हो । उक्त केन्द्रको समन्वय महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले गर्ने भएकाछन ।  
कोभिड १९ सहायता केन्द्रलाई प्रभावकारी रूपमा अगाडि बढाउन निम्नानुसार जिम्मेवारी बा“डफा“ड समेत गरिएको छ । सहायता केन्द्रबाट सेवा लिन महासंघ सचिवालयका सम्पर्क अधिकृतद्धय हरि पौड्याल (९८०१०९६८१२) र रिंकु घिमिरे (९८०११९२५९१) लाई टेलिफोन वा एसएमएस मार्फत सम्पर्क गरि आफूलाई आवश्यक सेवा टिपाउन सकिनेछ । 
सहायता केन्द्रमा तोकिएको जिम्मेवारी अनुसार सदस्यहरूले महासंघका सदस्य, उद्यमी व्यवसायी एवं सर्वसाधारणको माग अनुसार सेवा प्रवाह गर्न सहजीकरण र समन्वयका लागि सम्बन्धित निकायसंग पहल गर्नुहुनेछ । सहायता केन्द्रका तर्फबाट यतिखेर सेवा प्रवाहमा निकै ठूलो भूमिका निर्वाह भैरहेको छ । समस्यामा परेका, कोरोना उपचारमा सहजीकरण र समन्वय खोजीरहेका निकै धेरै मानिसहरूलाई स्वास्थ्य सहायता केन्द्रका तर्फबाट निरन्तर सहयोग एवं समन्वय समेत भैरहेको छ । 
मुलुक संकटमा पर्दा महासंघले संस्थागत सामाजिक उत्तरदायित्वलाई मनन गरी हरेक पटक सहयोग पु-याउंदै आएको छ । एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल अभियान अन्तरगत महासंघले यसअघि हेल्लो डाक्टर संचालनमा ल्याई कोभिड संक्रमणमा परेकालाई डाक्टरहरूबाट स्वास्थ्य परमर्श दिने कार्यको शुरुवात गरिसकेको छ ।  
मुलुकले कहिल्यै भोग्नु नपरेको यो महामारीबाट संक्रमित र मृत्यु हुनेको संख्या उकालो लागिरहेको छ । महामारिको बढ्दो संक्रमणलाई नियन्त्रण गरी आम सर्वसाधारणको स्वास्थ्य सुरक्षा गर्नु यतिबेला सबैको परम कर्तव्य भएकाले आ–आफ्नो ठाउंबाट सकेको सहयोग गर्न र अधिकतम स्वास्थ्य सचेतना अपनाउन महासंघले सबैमा गम्भीर आग्रह गरेको छ । 

क्र.सं. सहायता हुने अत्यावश्यक क्षेत्रहरू  सम्पर्क व्यक्ति 
१. अक्सिजन सिलिण्डर व्यवस्थापन  रामचन्द्र संघई 
शौरभ ज्योति
 
२. अस्पताल/आइशोलेशन केन्द्र सहजीकरण हेमराज ढकाल
रविन श्रेष्ठ
३.
 अस्पताल व्यवस्थापन
 ई.देशबन्धु बस्नेत (अजित) 
  बाबुकाजी कार्की
  डा. केयुर गौतम
४.
 एम्वुलेन्स/आइशोलेशन केन्द्र  रन्जितराज आचार्य

५.
 औषधि/मेडिकल उपकरण
 प्रवलजंग पाण्डे
  भक्त हमाल
६.
 होटल/हवाई यातायात
 ज्योत्सना श्रेष्ठ
विनायक शाह
विनोद सापकोटा