आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

सरकारले १० थान भेन्टिलेटरसहित ४०० थान अक्सिजन सिलिन्डर चीनबाट ल्यायो

बुधबार, बैशाख २९ २०७८

काठमाडौं, । प्रधानमन्त्री केपी शर्मा ओली नेत्रित्वको सरकारले चीनबाट ४०० थान अक्सिजन सिलिन्डर र १० थान भेन्टिलेटर ल्याएको छ ।

नेपाल एयरलाइन्सको जहाजले २० हजार थानमध्ये ४०० थान अक्सिजन सिलिन्डर, १६० थान अक्सिजन कन्सनट्रेटर र १० थान भेन्टिलेटरसहित ३० टन सामग्री लिएर काठमाडौं आइपुगेको हो ।

चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिण्डर र भेन्टिलेटर लिन गएराति चीनको राजधानी बेइजिङ गएको वाइडबडी आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो ।