आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

संक्रमण फैलिरहेकाले घर-घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिने

सोमबार, बैशाख २७ २०७८

काठमाडौं– मकवानपुरमा स्थानीय तहका वडाध्यक्षहरू घर–घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएका छन्।

समाजमा कोरोना संक्रमण फैलिरहेकाले वृद्धवृद्धा उच्च जोखिममा रहेकाले उनीहरूलाई घर–घरमा सामाजिक सुरक्षा भत्ता पु¥याउने व्यवस्था गर्न जिल्ला कोरोना संकट व्यवस्थापन समितिले निर्णय गरेको छ।

सामाजिक सुरक्षा भत्ता बैंकमार्फत वितरण गर्ने गरिएको छ।

यसैगरी, हेटौँडा उपमहानगरपालिकाअन्तर्गतका वडा कार्यालयमा अटो एम्बुलेन्स सञ्चालन हुने भएको छ।

नेपाल अटो तथा विद्युतीय यातायात प्रालिले स्थानीय निकायसँग समन्वय गरी हरेक वडामा दुई–दुई वटा अटो एम्बुलेन्स सञ्चालन गर्न लागेको हो।