काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित भत्केको पुल नजिक मन्दिर परिसरमा सोही ठाउँ बस्ने ओखलढुंगा घर भएकी ३६ वर्षीया कान्छी बिक शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
पर्साको वीरगंज महानगरपालिका–१७ स्थित आईसिपीको भवन परिसरको शौचालयभित्र भारत उत्तर प्रदेश राज्य बरेली श्यामपुर बस्ने एचआर ५५ टिएन ५९८९ नम्बरका चालक ४५ वर्षीय हरीशदेव पाल शनिबार मृत अवस्थामा फेला परेका छन् ।
म्याग्दीको मालिका गाउँपालिका–५ देबिस्थान पन्थोक वडारमा सोही ठाउँ बस्ने २७ वर्षीय धान्ने बहादुर पुन शनिबार मृत अवस्थामा फेला परेका छन् । वैशाख १४ गते घरबाट हिँडेकोमा फर्की नआएपछि खोजी गर्नेक्रममा उनको शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।