ओखलढुंगा । खजिदेम्बा गाउँपालिका–१ आरुबोट बस्ने ६० वर्षीय महेस कुमार खड्का र सोही ठाउँ बस्ने ५० वर्षीय प्रेम कुमार सुनुवार बिच मादक पदार्थ सेवन गरी शनिबार बेलुका झै–झगडा तथा कुटाकुट हुँदा महेश कुमार खड्काको घटनास्थलमै मृत्यु भएको छ ।
घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खिजिफलाटे र प्रहरी चौकी रगनीबाट खटिएको प्रहरीले कुटपिट हुँदा घाइते भएका प्रेम कुमारलाई उपचारको लागि ओखलढुंगा सामुदायिक अस्पतालतर्फ लगेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।