काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ जारी गर्नुभएकाे छ ।
राष्ट्रपति भण्डारीले बुधवार नेपालकाे संविधानकाे धारा ११४ काे उपधारा (१) बमाेजिम मन्त्रिपरिषद्काे सिफारिसमा रेल्वे अध्यादेश, २०७८ जारी गर्नुभएकाे हाे ।
जनकपुर जयनगर रेलमार्गमा रेल सञ्चालनका लागि कानुनी बाटो खोल्न उक्त अध्यादेश जारी गरिएको हो ।