बैतडी । पंञ्चेश्वर गाउँपालिका–६ गणमेश्वरस्थित सडकमा से.१ ज १८३ नम्बरको जिप सडकबाट करिब ५ सय मिटर तल खसेर मंगलबार दिउँसो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा पंञ्चेश्वर गाउँपालिका–६ रोडिदेवल बस्ने ५० वर्षीय जित सिंह भण्डारी, ३० वर्षीय डम्मर सिंह भण्डारी, २७ वर्षीय हिक्मत सिंह भण्डारी, ४० वर्षीय दिपक सिंह भण्डारी र दशरथचन्द नगरपालिका–४ बस्ने जिप चालक ४५ वर्षीय तेज बहादुर बोहरा रहेका छन् । साथै दुर्घटनामा घाइते भएका जिप सवार अन्य ५ जनालाई उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाइएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।