आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

नेपाल टेलिकमद्धारा आकर्षक मूल्यका डाटा तथा भ्वाइस प्याक सार्वजनिक

मंगलबार, बैशाख २१ २०७८

काठमाडौं ।  नेपाल टेलिकमले आकर्षक मूल्यका डाटा तथा भ्वाइस प्याक सार्वजनिक गरेको छ । कोभिड–१९ को कारणले लागु गरिएको निषेधाज्ञाको समयमा नेपाल टेलिकमका ग्राहकवर्गले सहजरुपमा उपयोग गर्नसक्ने आकर्षक मूल्यका डाटा तथा भ्वाइस प्याक सार्वजनिक गरेको जानकारी  दिएको छ ।
हाल काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा लागु गरिएको निषेधाज्ञाको समयमा कम्पनीका मोबाइल सेवाका ग्राहकहरुका लागि नेपाल टेलिकमले विभिन्न आकर्षक डाटा सुविधाहरु उपलब्ध गराइरहेको छ । प्रयोगका आधारमा लामो र छोटो दुवै समयमा उपयोग गर्न सकिने र निकै उपयोगी हुने अपेक्षा टेलिकमले गरेको छ । 
यस्ताछन, टेलिकमका सुबिधाहरु 
वन जीबी पर डे विथ बोनस भ्वाइस प्याक 
२८ दिनसम्म प्रत्येक दिन १ जीबी डाटा चलाउन र  प्रतिदिन १४ मिनेट कुराकानी गर्न सकिने यो प्याक रु. ६४९।– मा उपलब्ध छ । सेवाग्राहीले आवश्यकता बमोजिम डाटा चलाउन र कुराकानी समेत गर्न सक्ने भएकाले यो प्याक निकै लोकप्रिय छ । यो अफर लिनका लागि आफ्नो मोबाइलबाट ८ज्ञद्धज्ञछ८ज्ञ८ड८द्द३ डायल गर्न सकिन्छ । 
७ दिनका लागि १.५ जीबी प्याक
७ दिनसम्म १.५ जीबी डाटा प्रयोग गर्न  मिल्नेगरी यो प्याकको व्यवस्था गरिएको छ । नेपाल टेलिकमले स्प्रिङ अफर अन्तर्गत अल टाइम डाटा प्याकको रुपमा यो प्याक जम्मा रु. ९५।– मा उपलब्ध गराइरहेको छ । यो प्याक लिनका लागि आफ्नो मोबाइलबाट ८ज्ञद्धज्ञछ८ज्ञ८ज्ञ८द्ध३ डायल गर्न सकिन्छ । 
२ घण्टासम्म चल्ने अनलिमिटेड डाटा प्याक
२ घण्टासम्म असीमित डाटा चलाउन यो प्याक प्रयोग गर्न सकिन्छ । रु. ३०।– मा उपलब्ध हुने यो डाटा प्याक लिनका लागि आफ्नो मोबाइलबाट ८ज्ञद्धज्ञछ८ड८द्द३ डायल गर्न सकिन्छ ।
५०० एमबी पर डे डाटा प्याक
जम्मा रु. २९९।– मा २८ दिनसम्म प्रत्येक दिन ५०० एमबी डाटा प्रयोग गर्न मिल्नेगरी यो प्याक उपलब्ध गराइएको छ । यो प्याक लिनका लागि आफ्नो मोबाइलबाट ८ज्ञद्धज्ञछ८ज्ञ८ढ८घ३ डायल गर्न सकिन्छ । मोबाइलमा प्राप्त हुने डाटा प्याकमार्फत हटस्पट बनाएर अन्य मोबाइल वा ल्यापटपमा समेत डाटा चलाउन सकिन्छ ।