काठमाडौं । झापाको भद्रपुर नगरपालिका–३ किच्चकवधमा गस्ती गर्ने क्रममा प्रहरी चौकी किच्चकवध झापामा कार्यरत प्रहरी सहायक निरीक्षक माहादेव ठाकुरको चट्याङ लगेर सोमबार राति मृत्यु भएको छ । चट्याङ लागेर गम्भीर घाइते भएका उनको ओम साई पाथिभरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
बैतडी, पञ्चेश्वर गाउँपालिका–६ रोडीदेवल बस्ने ४५ वर्षीय गोबिन्द सिंह भण्डारीको घर नजिकै गँहु मकै पिस्ने मिलमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर सोमबार राति घटनास्थलमै मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।