आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

झलनाथ खनाललाई कोरोना संक्रमण पुष्टि, नर्भिक अस्पतालमा भर्ना

आइतबार, बैशाख १९ २०७८

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई कोभिड-१९ संक्रमण भएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि गरिएको पीसीआर परीक्षणमा उनमा संक्रमण पुष्टि भएको खनाल निकट स्रोतले जनाएको छ।

पूर्वप्रधानमन्त्री खनाललाई हाल नर्भिक अस्पतालमा भर्ना गरिएको छ। उनको स्वास्थ्य अवस्था हाल सामान्य रहेको बताइएको छ।