आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

राष्ट्रपतिको उद्घाटनमा यति ठूलो बेइज्जत

शनिबार, बैशाख १८ २०७८

झण्डै एक महिनाअघि ठूलो तामझामका साथ राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उद्घाटन गरिएको भृकुटीमण्डपस्थित सार्वजनिक धाराको उचित प्रयोग हुन छाडेको छ ।

बाटो हिँड्ने बटुवा, विद्यार्थी,पर्यटकलगायतका लागि लक्षित गरेर स्थापित मेलम्ची खानेपानीको धारा लुगा धुने काममा प्रयोग हुँदा सरोकारवाला निकायको रमिता रहस्यमय छ ।

निर्माण शुरु भएको दुई दशकपछि काठमाडौँ झारिएको मेलम्ची खानेपानीको विभिन्न स्थानमा गरेर चार पटक उद्घाटन गरिएको थियो । अन्तिम पटक राष्ट्रपतिले भृकुटीमण्डपमा बनाइएको उक्त सार्वजनिक धाराको टुटी खोलेर उद्घाटन गर्नुभएको थियो ।

तर उद्घाटनको एक महिना नबित्दै धारो बेवारिस बन्ने खतरा देखिएको छ ।
सरकारले आफ्नो पालामा निर्माण सम्पन्न गरेको जस लिन हतारमा उद्घाटन गरेको भन्दै त्यतिबेलै धेरैले आलोचना गरेका थिए ।

वर्षौंको प्रतीक्षापछि ल्याइएको खानेपानी सिंहदरबार नजिकै गलत प्रयोग भएको न शीतल निवासले देख्छ,न बालुवाटारले । जन आश्था साप्ताहिकमा खबर छ l