बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सबै कुरा भन्दिनँ, कुरा भइरहेको छ : शेरबहादुर देउवा

शनिबार, बैशाख १८ २०७८

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसदबाट एमसीसी पास गर्नैपर्ने बताएका छन् । आज आफ्नो निवास बुढानीलकण्ठमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले एमसीसी सम्झौता पारित नभए आफूलाई अप्ठ्यारो पर्छ भनेर कहिँ कतै उल्लेख नगरेको जिकिर गरेका छन् ।

उनको भनाई थियो ‘मैले त्यस्तो भनेकै छैन ।’ देउवाले यसबारे अनावश्यक भ्रम फैलाएको र झुठो प्रचार गरिएको समेत बताए ।

प्रधानमन्त्री केपी ओलीविरुद्ध ल्याउन खोजिएको अविश्वास प्रस्तावको सम्बन्धमा उनले भने ‘अविश्वासको प्रस्ताव के का लागि दर्ता गर्ने रु फेल भएमा दुई वर्ष दर्ता गर्न पाईंदैन ।’

जनता समाजवादी पार्टीले अविश्वासको प्रस्ताव पास गर्न सहयोग गर्ने अवस्था नआएसम्म प्रस्तावको औचित्य नरहेको बताउँदै उनले भने ‘फेल भएमा खेल नै सकिन्छ ।’

जसपासँगको कुराकानीबारे देउवाको भनाई थियो, ‘सबै कुरा भन्दिनँ, कुरा भइरहेको छ ।’