बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

पूर्वरानी कोमलको अवस्था जटिल, आईसीयूमा सारियो !

बिहिबार, बैशाख १६ २०७८

काठमाडौ, बैशाख १६ नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्व महारानी कोमल शाहमा अक्सिजनको मात्रा कम देखिएपछि आइसियूमा सारिएको छ ।

उहाँमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि आइसियूमा सारिएको हस्पिटलले जानकारी दिएको छ । अहिले उहाँलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ । बाँकी स्वास्थ्य समस्या देखिएको छैन ।

अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उहाँ पनि हाल अक्सिजनकै सामान्य सपोर्टमा हुनुहुन्छ ।

पूर्व अधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य छ । उहाँलाई अक्सिजनको सपोर्ट दिनु नपरेको पनि हस्पिटलले जनाएको छ ।