आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

मृत अवस्थामा फेला 

बुधबार, बैशाख १५ २०७८

काठमाडौं महानगरपालिका–१३ कालिमाटीस्थित लव गल्लीको सडक छेउमा हाल नाम, थर वतन नखुलेका करिब ६० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । 
रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ बुद्धनगरस्थित संगमपथ बस्ने ४१ वर्षीया भगवती मानन्धर आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । 
दाङको तुलसीपुर उपमहानरगपालिका–१२ गरिगाउँ बस्ने ४६ वर्षीया डिल्ली रेउले आफ्नै घर नजिकै बारीमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् । घरबाट बाहिर निस्केकोमा घर फर्की नआएश्चात खोजी गर्ने क्रममा उक्त बारीमा उनको शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।