आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

बुधबार, बैशाख १५ २०७८

काठमाडौं ।  उदयपुर, उदयपुरगढी गाउँपालिका–७ नागवेलीस्थित सडकमा ना.१ च ९३९ नम्बरको बलेरो अनियन्त्रित भई सडकमा पल्टिएर बुधबार बिहान दुर्घटना हुँदा बलेरोमा सवार उदयपुरगढी गाउँपालिका–१ बस्ने ३७ वर्षीय शिव खत्रीको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको जिल्ला अस्पताल गाईघाटमा हुँदै थप उपचाको क्रममा न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बलेरोमा सवार १२ जना मध्ये ६ जनाको जिल्ला अस्पताला गाईघाट र अन्य ६ जनाको न्यूरो अस्पताल विराटनगरमा उपचारको भइरहेको छ । बलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
रुपन्देहीको सियारी गाउँपालिका–३ जगहथास्थित सडकमा लु.२ त ६४०१ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने बिक्रम गुप्ताको १२ वर्षीय छोरा रबिन्द्र गुप्ताको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।