आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

काठमाडौँ जिप्रकाले सच्यायो निषेधाज्ञा आदेश !

बुधबार, बैशाख १५ २०७८

काठमाडौँमा वैशाख १६ बाट निषेधाज्ञा जारी गर्दै जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना मङ्गलवार सच्याउँदै निजी बैङ्क, बिमा र नेपाल राष्ट्र बैङ्कका कर्मचारीलाई परिचय पत्रको आधारमा निजी सवारीसाधन चलाउन दिने भएको छ।

निषेधाज्ञा जारी गरे पनि वित्तीय संस्थाहरू खुल्लै हुने भएपछि जिप्रकाले सूचना सच्याएको हो। सूचनामा खाद्य पसल र डिपार्टमेन्ट स्टोरको ग्रोसरी खोल्ने समय अलग-अलग तोकेको थियो। संशोधित सूचनामा दुवैको समय बिहान १० बजेसम्म र बेलुका पाँच बजेबाट सात बजेसम्म खोल्न अनुमति दिएको छ।

विवाह र व्रतबन्धका लागि एक जिल्ला भित्र वा एक जिल्लाबाट अर्को जिल्लामा जाँदा दुलाहा-दुलही सहित १५ जनासम्म सहभागी हुँदा २ वटा सवारीसाधन चलाउँदा सवारी पास नचाहिने निर्णय भएको छ।