आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

मृत अवस्थामा फेला

मंगलबार, बैशाख १४ २०७८

काठमाडौं ।  संखुवासभा, पाचखपन नगरपालिका–९ लसुने बस्ने ६० वर्षीया लिमवुटी शेर्पा आफ्नै घर नजिक बारीमा सोमबार मृत अवस्थामा फेला परेकी छिन् । वैशाख ७ गतेदेखि घरबाट हराएकोले खोजी गर्नेक्रममा उक्त बारीमा उनको शव फेला परेको हो । सप्तरी, कंकालिनी नगरपालिका–१ कोशी ब्यारेजस्थित दाह–संकार गर्ने ठाउँ नजिकै नदीमा हाल नाम, थर, वतन नखुलेका करिब ६५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।