काठमाडौँ। काठमाडौं उपत्यकामा बैशाख १६ देखि निषेधाज्ञा जारि गर्ने तयारी भएको बताइएको छ।
सोमबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरमा प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले बैशाख १६ बिहिबारदेखि निषेधाज्ञा जारि गर्ने निर्णय गर्न लागेको हो।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले अबको एक घण्टामा सम्पूर्ण निर्णय सार्वजनिक हुने बताए। भट्टराईले भने, ‘निर्णयको ड्राफ्ट तयार हुँदैछ। करिब एक घण्टामा ड्राफ्ट तयार भएर सबै निर्णयबारे सूचना सार्वजनिक गरिनेछ।’
त्यस्तै, काठमाडौँ छोड्न चाहनेको लागि केही दिनको समय सिमा दिएर निषेधाज्ञा जारि गर्न लागिएको एक उच्च अधिकारीले बताए। ‘दुई दिन समय दिएर निषेधाज्ञा जारि गर्ने कुरा छ। पहिले जस्तो कोही काठमाडौँमा अड्किन नपरोस भन्ने बारे सोचेका छौ। दोश्रो लहर झनै कडा देखिएको छ। तर निर्णय गर्न भने बाँकी छ,’ ती उच्च अधिकारीले भने।