बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

‘स्थिति भयावह भएपनि तत्काल लकडाउन हुँदैन’

आइतबार, बैशाख १२ २०७८

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले कोरोना संक्रमणको कारण अवस्था भयावह बन्दै गएपनि तत्काल लकडाउन नहुने वचन दिनुभएको छ ।

आज बालुवाटारमा बसेको एमाले दशौं महाधिवेशन आयोजक समितिको बैठकलाई सम्बोधन गर्ने क्रममा उहाँको भनाई उद्धृत गर्दै स्रोतले भनेको छ ‘स्थिति भयावह छ । त्यसैले संक्रमणको दरलाई हेरेर हट स्पट र रेड स्पट छुट्याउँदै आवश्यक निर्णय गर्ने अधिकार स्थानीय तहलाई नै दिइएको छ ।’

प्रधानमन्त्रीले अहिले ३ बजे फेरि कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठक बस्ने र पूरै लकडाउन नभएपनि थप निषेधाज्ञाहरु जारी हुने सम्भावना रहेको बताउनुभएको छ । उहाँले भन्नुभएको छ ‘हिजोको जस्तो सबै बन्द हुँदैन ।’

उहाँले सांसद तथा एमाले नेताहरुलाई संक्रमणबाट जोगिन सुझाव दिँदै भन्नुभएको छ ‘साबुन पानीले हात धुनोस्,नून पानीले कुल्ला गर्नुस् है !’

सीसीएमसीको बैठक हिजो साढे दुई घण्टा बसेको थियो । आज पनि दिउँसो ३ बजे बस्दैछ । जन आश्था साप्ताहिकमा खबर छ l