आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

शेरधनकी बालिकाः यस्तो थियो पहिलेको सम्बन्ध

शुक्रबार, बैशाख १० २०७८

काठमाडौं– नयाँ कार्यालय सञ्चालनका लागि भएको औपचारिक कार्यक्रमका क्रममा थापाथलीमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई छिरेपछि प्राङ्गणमा रहेकी बालिका खड्काले भनिन्– ओई बलात्कारी!
मर्यादा र व्यक्तित्वको कुनै सीमा नै नबुझेकी बालिकाले त्यस्तो हर्कत गर्न सक्ने विषयमा प्रहरीले सोच पनि राखेको थिएन। कार्यालय परिसरमा रहेका प्रहरी कर्मचारीले बालिकालाई नियन्त्रणमा लिँदा उनले अनेकथरी भनेको भिडिओ भाइरल भएको छ ।
बलात्कार गरेको, इज्जत लुटेको अनेक आरोप राईमाथि लागेपछि उक्त भिडिओ भाइरल भयो। राईकी पत्नी जाङ्मु शेर्पाले यसमा प्रतिक्रिया जनाउँदै छानबिन हुनुपर्ने भनिन्। पतिको प्रतिरक्षामा उत्रिएकी उनले प्रमाण भए आफैं पनि राईविरुद्ध लाग्ने तर नभएको कुरामा चरित्र हत्या गर्ने काम भएको भनी आक्रोश पोखिन् ।  
कस्तो थियो राई–खड्का सम्बन्ध?
खड्का एमालेको युवा संघमा आवद्ध भएकी युवती हुन्। केपी शर्मा ओली अघिल्लो कार्यकालको प्रधानमन्त्री रहँदा राई सञ्चारमन्त्री थिए। सोही बेला खड्कालाई राईले मन्त्रालयमा सहयोगीका रुपमा राखेको बताइन्छ । 
‘खड्कासँग त्यसबेला राम्रो सम्बन्ध थियो। यस्तो विचित्र देखिएको थिएन। युवा संघमा काम गर्ने भएपछि मन्त्रालयमा रोजगारी पनि दिइएको थियो’, स्रोतले भन्यो,‘तर कुन हदसम्मको सम्बन्ध थियो भन्नेचाहिँ थाहा थिएन, अहिलेको विवादले विचित्रकै रहेको भन्ने स्पष्ट हुन्छ ।’
राईले बिहे गर्नुअघि पनि खड्काले विभिन्न माध्यमबाट राईलाई आरोप लगाएकी हुन्। उनले बलात्कारको आरोप निरन्तर लगाइन्, मुद्दा मामिला गर्न पनि सक्रिय भएकी थिइन् । 
‘खड्का त प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोमा पनि उजुरी लिएर पुगेका विवरण भेटिन्छन्। तर प्रहरीले त्यसबेला देखि नै अनुसन्धानचाहिँ गरेको थिएन’, स्रोतले भन्यो ।
राईले आफूमाथि यौन शोषण गरेको भन्ने विवरणसहितको उजुरी खड्काले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा एमालेको मुख्यालयसम्ममा पुराएकी थिइन् ।  तर त्यस विषयमा कुनै पनि प्रकारका कारबाही अगाडि बढेका थिएनन् ।  
बरु यो विवाद सतहमा आएपछि राई सहभागी हुने कार्यक्रममा पुग्ने गरेकी खड्कालाई प्रहरीले दुई पटक पक्राउ गरिसकेको थियो। बिहेपछि भने खड्काले थापाथलीमा नै राईमाथि यस्तो अभद्र व्यवाहार देखाएकी हुन् ।