प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफुलाई यौन शोषण गरेको आरोप लगाउदै आएकी तत्कालीन एमालेको भातृ संगठनकी केन्द्रीय सदस्य बालिका खड्कालाई नेकपा एमालेको कार्यालय थापाथलीबाट प्रहरीले गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली सहितका नेता पार्टी कार्यालय निरीक्षणमा गएको बेला गाली गर्न थालेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । उनले प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले आफूलाई बिचल्ली बनाएको आरोप लगाउँदै आएकी छिन् । पार्टी कार्यालय निरीक्षणमा मुख्यमन्त्री राई पनि सहभागी थिए ।
भर्खरै नवयुवती जाङ्ग्मु शेर्पासङ्ग बिबाहबन्धनमा बाधिएका मुख्यमन्त्री राई आज बल्खूमा आयोजित एमाले कार्यालय भवनको शिलान्यास कार्यक्रमलगत्तै थापाथलीमा देखा परेका थिए । बालिका गिरफ्तारीको बिस्तृत कारण थाहा हुन सकेको छैन । तर,अहिले वडा प्रहरी कार्यालय अनामनगरमा लगिएकी उनीमाथि मुख्यमन्त्रीलाई बाटो घाटोमा बलात्कारीजस्ता शब्द प्रयोगमार्फत प्रधानमन्त्रीकै सामु सार्वजनिक दुर्व्यवहार गरेको आरोप लाग्ने सम्भावना छ ।
प्रहरीका अनुसार उनी शेरधन राईलाई भेट्न भन्दै बिहानै एमाले मुख्यालय,थापाथली पुगेकी थिइन् । राई कार्यालय सचिव ईश्वरी रिजालको कार्यकक्षमा बसिरहेका थिए । बालिकाले चाल पाएपछि पटक पटक शेरधन भएको ठाउँमा जाने प्रयास गरिन् ।
पटक पटक प्रयास गर्दा प्रहरीले रोकेपछि शेरधन राईलाई मुख छोडिन् । गाली,गलौज गर्न थालिन् । त्यही कारण उनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।